इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्द नगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि निस्सा बितरण

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि निस्सा बितरण थालेको छ । सुकुम्वासीको फारम भरी भुमी आयोगबाट सूचीकृत भएकाहरुलाई नगरपालिकाले निस्ता बितरण कार्य थालेको हो । षडानन्द नगरपालिकाले वडा नम्वर १२, देउरालीमा रहेका सुकुम्वासीहरुलाई निस्सा बितरण गरेसँगै यो प्रक्रिया सुरु भएको हो । वडा नम्वर १२ का २० घरपरिवारलाई षडानन्द नगरपालिकाले निस्सा वितरण गरेको वडाध्यक्ष राजेश कटवालले बताउनुभयो । वडाको अर्चले, मगर गाउँ, निगुरे लगायतका क्षेत्रमा वसोवास गर्दै आएका भुमीहिनलाई निस्सा वितरण गरेको वडाध्यक्ष कटवालकाे भनाई रहेको छ । सामुदायिक वनको जग्गामा बस्दै आएका भुमीहिनलाई वन मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरेपछि धनीपुर्जा पाउने व्यवस्था रहेको छ । सुकुम्वासीहरुलाई षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले निस्सा बितरण गर्नुभयो । नेपाल सरकार भुमी आयोगको कार्यबिधी अनुसार जग्गाको पहिचान गरी धनीपूर्जा प्रदान गर्ने प्रकृया शुरु भएको नगर प्रमुख उदासले बताउनुभयो । सो क्रममा नगरपालिकाले वडा तहबाट सुरु गरेको योजना सम्झौता अन्तर्गत षडानन्द नगरपालिका १२ मा पनि स्थानीय वडामै योजनाको सम्झौता भएको छ । यस आर्थिक बर्षदेखि षडानन्द नगरपालिकाले दुर्गम वडाका योजना वडामै सम्झौता गर्ने कार्यक्रम सुरु गरे अनुसार देउरालीमा पनि योजनाहरु सम्झौता गरिएको हो । वडाका नौ मध्ये सात वटा ५० हजार देखि १२ लाखसम्मका योजना सम्झौता भएको वडाध्यक्ष कट्वालले जानकारी दिनुभयो । पालिकाले केन्द्र भन्दा टाढा रहेको वडाहरुको योजना सम्झौता स्थानीय वडा मै गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क