इन्फो नेपाल — सञ्चारको सञ्जाल

षडानन्द नगरपालिकाले शिक्षक छनौट पारदर्शी बनाउन आफ्नै नियम बनायो

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । षडानन्द नगरपालिकामा सञ्चालन रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले आफ्नै नियम तयार गरेको हो । नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारण बस शिक्षक पद रिक्त भएको खण्डमा त्यहाँ पदपूर्तीको लागि लिइने परिक्षामा पारदर्शीता कायम राख्दै क्षमतावान शिक्षकको छनौटका लागि आफ्नै नियम बनाएको हो । जिल्लाका धेरै विद्यालयहरुमा करारमा शिक्षक छनौट प्रक्रियाको परिक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगर क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दर्वन्दीमा पदपूर्तीका लागि लिइने परिक्षालाई लक्षित गरेर आफ्नै छुट्टै नियम बनाइएको उनको भनाइ छ । शिक्षक छनौटका लागि लिइने परिक्षामा कसैको मिलोमतोमा प्रश्न पत्र बाहिरिन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर नगरले नै विज्ञहरुबाट प्रश्न पत्र निर्माण गर्ने उनको भनाइ छ । तयार गरिएका धेरै समुहका प्रश्नपत्रलाई एकै प्रकारको खाममा शिलबन्दी गरेर राखिने र परिक्षा हुनु भन्दा केहि समय अघि मात्र ती समुहबाट विद्यालय व्यवस्थापन समितिले प्रश्न पत्रको छनौट गर्ने व्यवस्था मिलाएको प्रमुख उदासले बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको प्रमुख उदासको भनाइ छ । नगर क्षेत्रका विद्यालयहरुमा प्रविधिमूलक शिक्षण सिकाईमा जोड दिएको उनको भनाइ छ । शिक्षा राम्रो नभएसम्म कुनै क्षेत्रको विकास सम्भव नभएकाले शिक्षाको गुणस्तरियतामा ध्यान दिएको प्रमुख उदासको भनाइ छ । राहत तथा करारमा पदपूर्तीका लागि नगरले लिने शिक्षक छनौटको परिक्षालाई चुस्त, दुरुस्त, विस्वासनीय बनाउदै दक्ष, क्षमतावान शिक्षक छनौटको लागि यो विधि अपनाइएको नगर उपप्रमुख प्रमिला राईले बताईन ।“शिक्षक छनौट प्रक्रियालई विस्वासनीय तथा पारदर्शी बनाउनको लागि यो विधि अपाउने निर्णय गरेका हौँ” उपप्रमुख राईले भनिन्,“यो प्रक्रियाबाट क्षमता भएका शिक्षकहरुले प्रवेश पाउने भएकोले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमासमेत सुधार आउने हामीले अपेक्षा लिएको उपप्रमुख राईले बताईन । शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन नगरले आवश्यक पहल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले बताए । नगरले भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको उनको भनाइ छ । शिक्षकहरुको अवकाश तथा सरुवा लगायतको कारणले पठापाठन प्रभावित हुने अवस्थामा तत्काल करारमा शिक्षक नियुक्ति गर्दा लिइने परिक्षालाई प्रभावकारी बनाउने लक्ष्यले यो कामको थालनी गरिएको प्रशासकीय अधिकृत चापागाईले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क