इन्फो नेपाल — सञ्चारको सञ्जाल

संक्रमणकालीन न्यायको अवस्था चिन्ताजनक

सर्वोच्च अदालतको हालैको एक फैसलाले सरकारले घोषणा गरेको ‘जनयुद्ध दिवस’ संविधानसम्मत नभएको ठहर गरेको छ। साथै यस कदमले संक्रमणकालीन न्यायमा पनि नकारात्मक असर पारेको बताइएको छ। यो फैसलाले देशमा अझै पनि संक्रमणकालीन न्याय प्राप्तिका लागि लडिरहेका पीडितहरूको अवस्था दयनीय रहेको देखाउँछ। १० वर्षभन्दा लामो द्वन्द्वपछि सन् २००६ मा शान्ति सम्झौता भयो। त्यसयता देश संक्रमणकालमा प्रवेश गरेको छ। तर अझै पनि हजारौँ द्वन्द्वपीडितले न्यायको प्रतीक्षा गरिरहेका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए पनि तीनै तहमा संक्रमणकालीन न्यायको कार्यान्वयन हुन सकेको छैन। अझ पछिल्ला दिनमा जनयुद्धको नाम दिइएको सार्वजनिक बिदाले यसलाई थप प्रतिकूल असर पारेको छ। द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सम्बोधन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउनु नै संक्रमणकालीन न्याय हो। तर यहाँ भएको प्रगति निकै न्यून छ। यसैबीच, सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउने निर्णय ग¥यो। तर यसका विरुद्ध दायर रिटमा सर्वोच्चले यसलाई संविधानसम्मत नभएको ठहर्‍यायो। न्यायालयको फैसलाले स्पष्ट पारेअनुसार ‘जनयुद्ध’ भन्ने शब्द स्वयं संविधानमा पनि प्रयोग गरिएको छैन। संक्रमणकालीन न्यायका दृष्टिकोणले पनि यो उपयुक्त हुँदैन किनकि यसले भविष्यमा पुनः द्वन्द्व हुने सम्भावना बढाउँछ। अझ द्वन्द्वकालका घटनालाई ‘जनयुद्ध’ भनेर स्वीकार्नु भनेको त्यसको औचित्य स्वीकार्नु हुन्छ। जबकि संक्रमणकालीन न्यायको मूल उद्देश्य भनेकै द्वन्द्वकालमा भएका अपराधिक कार्यलाई सम्बोधन गर्दै शान्ति स्थापना र पुनरावृत्ति रोक्नु हो। अतः ‘जनयुद्ध दिवस’को घोषणाले संक्रमणकालीन न्यायको मर्मा तथा भावनालाई हानि पुर्‍याएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

तीन परिवारबाट सुरु भएको हेटौँडाको छठमा यस वर्ष ६० हजार सहभागी हुने

हेटौँडा । करिब ४६ वर्षअघि दुई–तीन परिवारबाट सुरु भएको छठ पर्व हेटौँडामा अहिले ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ। यस वर्ष हेटौँडा–१ स्थित राप्ती नदी किनारमा आ…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँ…

इन्फो नेपाल संवाददाता