इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

सुनसरी / संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन् । लगातार परेको वर्षासँगै पहिरोले चिचिलाका गाउँपालिका पहिरोले वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। वडा नम्बर १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए । यस्तै, अध्यक्ष शेर्पाका अनुसार वडा नं. ३ मुग्लिगाउँमा बलबहादुर राई , सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवार विस्थापित छन् भने चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन् । पहिलोले विस्थापित भएकालाई नजिकैको आफन्तको घर र सामुदायिक भवनमा राखिएको छ । पहिरोले चिचिला गाउँपालिका हुँदै मकालु भोटखाला जाने उत्तर दक्षिण सडक समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला जाने सवारीसाधन खाँदबारी नगरपालिकाको छ्याङकुटी आसपास रोकिएका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क