इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभाको मनकामना मन्दिर पुग्ने पर्ने ठाउँ

मिलन अधिकारी संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका -९ को अरुण किनारमा अवस्थित मनकामना मन्दिर परापूर्वक कालबाटै मानवहरुको आस्था विश्वासको केन्द्रका रुपमा रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी देखि करिब ११ किलोमिटरको दुरीमा अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर श्रद्धालुहरुको लागि आस्थाको केन्द्र रहेको छ । दैनिक जसो धेरै श्रद्धालुहरु विभिन्न भाकल गर्दै आफ्ना अनेकन समस्या समाधान हुन्छन् भन्ने विश्वासका साथ मनोकांक्षा पुरा होस भन्ने कामना गर्दै मनकामनाको शरणमा पर्दछन् । कतिपय विभिन्न कारणले मनकामनामा पुग्ने गर्छन । श्रद्धालुहरु सबैभन्दा पहिला अरुण नदिमा स्नान गरेर जल बोकेर फर्कदै गर्दा अनेकन विम्वहरु झल्कने एउटा बिशाल ढुङ्गामा पुजा गर्ने गर्छन् । खुला आकाशमुनि रहेको ढुङ्गा जमिनको सतह भन्दा केहि तल रहेकाले त्यहाँ आवात जावत गर्न सहज होस भन्दै कृतिम पोखरी बनाईएको छ । अझ अर्को रोचक कुरा त पोखरी छेउमा रहेको ठुलो, अग्लो ढुङ्गा रहेको छ उक्त ढुङ्गालाई सति ढुङ्गा भनेर पनि चिन्ने गरिन्छ । मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भन्ने गरिन्छ । त्यहिँ रहेका एक पण्डितले ईच्छुक श्रद्धालुलाई बुझ्ने गरि त्यस ढुङ्गामा रहेका विभिन्न आकृतिका बारेमा चर्चा गर्दा श्रद्धालुहरु अलौकिक दृष्यबाट मोहित हुन्छन् । यो ढुङ्गा हैन यहाँका मुख्य भगवान नै उहाँ हुनुहुन्छ । भक्तिभावका साथ उहाँको दर्शन गर्ने जो कोहिको मनोकांक्षा पुरा हुनेकुरा पण्डित मनोज कट्टेलले बताए । केहि समय देखि मनकामना मन्दिरको आसपासको क्षेत्रलाई भौतिक संरचना, सडक मर्मत गर्ने काम खादवारी नगरपलिकाले गर्दै आएको छ । मनकामना मन्दिर सम्म पुग्न यातायतको सुविधा सम्पन्न भएको छ भने होटलको पर्याप्त व्यवस्थापन गरिदिने हो भने संखुवासभा कै एउटा धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास हुनसक्छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते