इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभा जिल्लामै पहिलो पटक नमुना नगरसभा

संखुवासभा- मादी नगरपालीकाले ११४ औं अन्तरास्ट्रिय महिला दिवसकोे अवसरमा नमूना महिला नगरसभा अभ्यास रेको छ । नेपाल महिला स्वस्थ्य स्वयं सेविका संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजनामा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालानी भन्ने मुल नारालाई आत्मसात गर्दै फागुन २४ र २५ गते मादी नगरपालीकाको कवर्डहलमा २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास“ गरिएको हो । कार्यक्रमको दोस्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा ज्ञान दिने उद्देश्यले दुई दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गरेकी थिएन् । संखुवासभा जिल्ला मै पहिलो पटक नमुना नगर सभा अभ्यास गरिएको हो । कार्यक्रमको उद्घाटन सत्र“मादी नगरलाई भैतिक विकास मात्र नभै सामाजिक, विकास सगै, चेतना विकास गराउनु मादी नगरको दायीत्व हो “ महिला नेतृत्व बिकास मादी नगरको आवश्यकता रहेको मादी नगर प्रमुख जीवन लिंथेपले बताए । मादी नगरपालीकाका सम्पूर्ण भूगोलबाट समन्वय गरेर नमूना नगरसभामा महिलाहरुको सहभागीता रहेको थियो । मादी नगरपालीकाका महिला मात्र नभई देशै भरीका महिलाहरु नेतृत्वमा आउनु पर्ने मादी नगरपालीका उपप्रमुख सुनिता देवि दाहाल भट्टराईले बताइन् । कार्यक्रमको अध्यक्षता नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर उपाध्यक्ष देवी कुमारी गुरुङको रहेको थियो भने प्रमुख अतिथि मादी नगर उपप्रमुख सुनिता देवि दाहाल भट्टराई रहेको थियो । अतिथि मादी नगरपालीकाका प्रशकिय प्रमुख जितमान जीमी, मादी नगरपालीकाका कार्यपालीका सदस्यहरु, नगरसभा सदस्यहरु, नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर पदाधिकारी, मादी नगरपालीकाका कर्मचारी, मादी नगरपालीकाका ९ वटै वडाका प्रशिक्षकहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क