इन्फो नेपाल — सञ्चारको सञ्जाल

संघको स्थायित्वका लागि संयमता अपनाउन चिरञ्जीवी ढकालको आह्वान

काठमाडौं | गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीवी ढकालले संघमा पछिल्लो समय उत्पन्न नेतृत्व संकट र विभाजनको सम्भावनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

ढकालले दुई दशकअघि नेपालको समृद्धिको सपना बोकेर स्थापना गरिएको संघ आज नेतृत्वका लागि देखिएको आन्तरिक प्रतिस्पर्धाका कारण गम्भीर संकटमा फसेको बताएका छन्। उनले एकता अधिवेशनपछि उत्पन्न विवादले संघलाई विभाजनको संघारमा पु¥याएको भन्दै चिन्ता व्यक्त गरे।

संस्थाको १०औं महाधिवेशनपछि देखिएको विवाद र त्यससम्बन्धी सर्वोच्च अदालतका दुई फैसलाको मर्म विपरीत आगामी मे ३ मा एकता महाधिवेशन आयोजना गर्न लागिएकोप्रति ढकालले एक बिज्ञाप्ती सार्वजानिक गर्दै आपत्ति जनाएका हुन् । परराष्ट्र मन्त्रालयले समेत अधिवेशन आगामी ६ महिनाका लागि सार्न सर्वोच्चमा निवेदन दिए पनि त्यसलाई बेवास्ता गर्दै पूर्वअध्यक्ष शेष घलेले एकल प्रयासमा अधिवेशन गर्न खोजेकोप्रति ढकालले गम्भीर असन्तुष्टि जनाएका छन्।

सर्वोच्च अदालत, विदेशस्थित राष्ट्रिय समितिहरू, संस्थापक सदस्यहरू तथा वर्तमान कार्यसमितिको भावना विपरीत कुनैपनि अधिवेशनको औचित्य  नभएको उनेको भनाई छ । उनले  भनेका छन् , "संघको विधानअनुसार आगामी अक्टोबरमा १२औं महाधिवेशन सम्पन्न गर्नुपर्छ।"

संघको स्थायित्व र विश्वसनीयता जोगाउन सबै पक्षलाई संयमता र जिम्मेवारीपूर्वक अघि बढ्न ढकालले अपिल गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क