इन्फो नेपाल — सञ्चारको सञ्जाल

संवैधानिक तरिकाले संसद विघटन गर्न प्रचण्डको प्रस्ताव, सत्तागठबन्धनको बैठक भाँडियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदको अन्त्य गनुपर्ने भन्दै संवैधानिक तरिकाले संसद् भंग गर्न प्रस्स्ताव गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति तय गर्न बसेको सत्तागठबन्धनको बैठकमा प्रचण्डले संसदीय निर्वाचन अगाडि गर्नुपर्ने भन्दै संसद् भंगको प्रस्ताव गरेका हुन् । प्रचण्डले वैशाखमै संसदीय निर्वाचन गर्नुपर्ने प्रस्ताव सत्तागठबन्धनका अन्य दललाई राखेको थियो । स्थानीय निर्वाचनभन्दा अगाडि नै संसदीय निर्वाचनको आवश्यकता परेको भन्दै प्रचण्डले सो प्रस्ताव गर्दा सत्तागठबन्धनभित्रै हल्लाखल्ला शुरु भएको छ ।राष्ट्रिय सहमतिका लागि संसद भंग गर्दै प्रतिनिधिसभाको बहुमतबाट संसदीय निर्वाचनमा जाने निर्णय गर्नु उचित हुने भन्दै प्रचण्डले प्रस्ताव गरेपछि स्थानीय तहको निर्वाचनको मिति तय गर्न बसेको गठबन्धनको बैठक भाँडिएको छ । नेकपा एमालेले आफ्नो माग राखेर संसद्मा अवरोध सिर्जना गरिरहेको अवस्थामा यसको समाधानका लागि पनि संसदीय निर्वाचनमा जानुपर्ने प्रचण्डको भनाइ छ । ‘यसरी संसद् चल्न सक्दैन । संसद नै नचलाउने हो र समस्या मात्रै थपिरहने हो भने एमालेलाई पनि साथमा लिएर संसदको वैधानिक तरिकाले अन्त्य गरी वैशाखमा संसदीय निर्वाचन गर्नु उत्तम हुनेछ, प्रचण्डले भनेका छन् । उनले कातिकमा स्थानीय तहको निर्वाचन गर्न पनि मिति प्रस्ताव गरेका छन् । उनको सो प्रस्तावपछि सत्तागठबन्धन दलले आफ्नै पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरेको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क