इन्फो नेपाल — सञ्चारको सञ्जाल

संसदमा नयाँ अनुहार

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदमा कतिपय अनुभवी रहे पनि नयाँ अनुहारको उल्लेख्य सहभागिता छ । पहिलो पटककै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद बनेका छन् । सो पार्टीका सभापति रवि लामिछाने आफैं सांसद बनेका छन् । यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि संसदमा नयाँ अनुहार हुन् । स्वतन्त्र मधेश गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनी २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गर्दै राजनीतिको मूलधारमा आएका थिए । यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि पहिलोपटक प्रत्यक्ष तीन सिट जितेर संसदमा पुगेको छ । सो पार्टीका सांसद गंगाराम थारु खराउ लगाएर शपथ ग्रहण समारोहमा सहभागी भए । सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्रिय पोशाक र आ–आफ्नो जातीय पहिरनमा सजिएका थिए । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क