इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्दीप लामिछाने प्रकरण : सिसिटिभी फुटेजमा जे देखियो !

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबलिगलई बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । प्रहरीले ती किशोरी र सन्दीप बसेको होटलको सिसिटिभी फुटेजमाथि अनुसन्धान थालेको हो । लामिछाने र पीडित किशोरी काठमाडौं-९ सिनामंगलस्थित होटलमा करिब सात घन्टा बसेको खुलेको छ । प्रहरीले उनीहरू बसेको होटलको सिसिटिभी फुटेज हेर्दा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार किशोरी सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्समा थिइन् । घटना भएको दिन अर्थात् भदौ ५ गते राति सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। उनीहरु बिहान ६ बजेर ४६ मिनेटमा होटलबाट फर्किएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ । घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन् । त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क