इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्दीप सिंगापुरमा, केही दिनमा आउने !

नेप्लेज| जबरजस्ती करणको आरोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटनालाई लिएर भदौ २१ गते उनी क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नावालिकाले गौशाला प्रहरी बृत्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो । त्यसलगत्तै नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका थिए । उनी नेपाल आएर आफूले कानुनी लडाईं लड्ने बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि सम्पर्कमा नरहेको जनाइएको छ । उनी अहिले पनि विदेशमै रहेका र त्यहाँ कानुनी परामर्श गरिरहेको बताइएको छ । सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका अधिवक्ता सरोज घिमिरे अहिले सिंगापुर पुगेका छन् । सिंगापुरमा घिमिरेले अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गरिरहेको बुझिएको छ । यसैगरी सन्दीपका एजेन्ट पाकिस्तानी खेल विज्ञ अला रहमान तलवानीसँग घिमिरेले छलफल गरेर काठमाडौं फर्कने बुझिएको छ । घटना पछि तनावमा रहेका सन्दीप कतै नभागेको र उनी केही दिनमा काठमाडौं आइपुग्ने बताइएको छ । यता, चितवनका पूर्व क्रिकेट खेलाडी तथा भरतपुर क्रिकेट क्लबका सल्लाहकार मनिष सापकोटाको अध्यक्षतामा सन्दीप बचाऊँ अभियान पनि सुरु गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क