काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न पाँच निकायलाई पत्र काटेका छन् ।
सप्तरी २ बाट निर्वाचित डा. राउतले सप्तरीमा साक्षरता कार्यक्रम संचालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई, सगरमाथा अञ्चल अस्पतालको सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटेका हुन् ।
यस्तै, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरीकाले सुचारू गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई र किसानको लागि थप मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडलाई पनि सांसद राउतले पत्र काटेको उनको सचिवालय फेसबुक पेजमा उल्लेख छ ।
उनले जनताको माग पुरा गराउन सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…