इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तकोशी किनारमा युवतीहरूबीच ग्याङ फाइट गरि कुटपिट गर्ने एक जना पक्राउ

सुनसरी : बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा दुई समूहबीच विवाद हुँदा कुटपिट भएको छ । दुई दिन देखि सामाजिक सञ्जालमा भाइरस भइरहेको पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो दुई दिन देखि सामाजिक सञ्जालमा भाइरस भइरहेको छ । तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्नमा १९ वर्षीया प्रिति लिम्बुलाई हिजो आइतबार राति पक्राउ प्रहरीले पक्राउ गरेको हो । अन्य पाँच जना फरार रहेका छन् । सुनसरीको बराहाक्षेत्र नगरपालिका वडक नम्बर - १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीलृ जनाएको छ । समूहले १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ वर्षीया र १७ वर्षीया नाबालिगमाथि कुटपिट गरेका हुन् । प्रहरीका अनुसार सामान्य विवादमा उनीहरुबीच झडप भएको हो । कुटपिटमा संलग्न रहेका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क