इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी | निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरासहित आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले आइतबार बिहान पाँच बजे जारी गरेको सूचनामा पछिल्ला घण्टामा लगातार वर्षा जारी रहेकाले नदीको जलस्तर तीव्रगतिमा बढ्दै गएको जनाएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।”

विभागले बाढी सम्भावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन निकायहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

मौसम पूर्वानुमान अनुसार, पूर्वी पहाडी र तराईका क्षेत्रमा आज पनि मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना रहेको छ। यसले कोसी नदीको जलस्तर थप बढ्ने जोखिम कायमै रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क