इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तरीमा टिपरकाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएपछि

सप्तरी – सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीकाे ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे छ ।  आज मङ्गलवार बिहान रुपनी गाउँपालिका १ का शंकर यादवकाे १२ वर्षीया छाेरी रिताकुमारीलाई ना १ ख ८५४२ नम्बरको टिपरले ठक्कर दिँदा ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे हाे । मृतकका आफन्त, स्थानीयवासी र विद्यार्थीले पूर्व–पश्चिम राजमार्गको रूपनीमा सडक बन्द गरेका छन् । मृतक रिताकुमारी कन्छु नर प्रताप उच्च मावि रायपुरमा कक्षा ६ मा अध्ययनरत थिइन् । राजमार्गमा नै किशोरीको शव राखेर आफन्त र विद्यार्थीले सडक बन्द गरेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास, हवाई फायर र रबरको गोलीसमेत चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड बन्द हुँदा गाडी बाटाेमै राेकिँदा यात्रु अलपत्र परेका छन् ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क