इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

सप्तरी | सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कंचनरूप नगरपालिका–१० बदगामास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार मध्याह्न बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार प्र १–०१–००१ ख ३४२० नं.को बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा रहेका एक जना पुरूष र एक जना महिलाको मृत्यु भएको हो। उनीहरूको पहिचान खुलेको छैन। अर्का मृतक सप्तकोशी नगरपालिका–१का ७५ वर्षीय रक्तबहादुर मगरातिको पहिचान खुलेको छ।

शव गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा पठाइएको छ। अन्य २२ जना घाइते छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि चालक मेचिनगर–७ का ४७ वर्षीय अमृत दर्जी फरार भएका थिए। उनलाई पछि इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेका अनुसार चालकसँग सोधपुछ भइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क