इन्फो नेपाल — सञ्चारको सञ्जाल

सप्तरीमा २ दु'र्घटनामा २ जनाको मृ'त्यु, २ घा'इते

२३ असोज, सप्तरी । सप्तरीमा भएको २ दुर्घटनामा एक बालकसहित दुई जनाको मृ'त्यु भएको छ । दुई जना घा'इते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ ईन्द्रचौतारी चोकमा बसले दिएको ठ'क्करबाट मोटरसाइकलमा सबार एक जना महिलाको मृ'त्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठ'क्कर दिँदा मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका–९ सरपाका ३० बर्षीया गुल्लु खातुनको मृ'त्यु भएको प्रहरीले जनाएको छ । दु'र्घटनामा घा'इते भएकी उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृ'त्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार दु'र्घटनामा मृतकका पति मोटरसाइकल चालक ३२ बर्षीय कुदरस र ५ बर्षीय छोरा समद घा'इते भएका छन् । घा'इतेको स्थानीयस्तरमा उपचार भइरहेको तथा ठ'क्कर दिने बस तथा बसका चालक दोलखाको कालिन्चोक गाउँपालिका ४ बन्चरे बस्ने ३३ बर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, रुपनी गाउँपालिका- ६ स्थित पूर्व पश्चिम राजमार्गमा गाडीले ठक्करले एक जना बालकको मृ'त्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नम्बरको गाडीको ठ'क्करले स्थानीय तुलसी चौधरीको १० बर्षीय छोरा सुशील चौधरीको मृ'त्यु भएको प्रहरीले जनाएको छ ।गत असोज १८ गते घा'इते भएका उनको उ'पचार भइरहेको अवस्थामा चिकित्सकले निको हुँदैन भनी डिस्चार्ज गरी पठाएपछि घर ल्याउने क्रममा शुक्रबार राति बाटोमै मृ'त्यु भएको डीएसपी काफ्लेले बताए । ठक्कर दिने गाडीलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।-/फाइल तस्बिर

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क