इन्फो नेपाल — सञ्चारको सञ्जाल

सभामुखमाथि महाभियोग लगाऔं, चुनावमा गठबन्धन गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्रस्ताव राखेका छन् । उच्चस्तरीय स्रोतले हिमालपोस्टलाई दिएको जानकारीअनुसार आज करीब १ घण्टा भएको भेटघाटमा ओलीले देउवालाई यस्तो प्रस्ताव राखेका हुन् । ‘एमालेको प्रतिस्पर्धी यो देशमा कांग्रेसबाहेक कोही छैन,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले हामी मिलेर पनि यो देशलाई फाइदा छ, प्रतिस्पर्धा गरेर पनि लोकतान्त्रिक पद्धतिको रक्षा नै हुन्छ । गैरसंवैधानिक काम गरेका सभामुखलाई महाभियोग लगाएर हटाउने र चुनावमा सहकार्य गरेर जाने मेरो प्रस्ताव हो ।’ जवाफमा देउवाले चुनावी सहकार्यको विषय अहिल्यै गर्न ठीक नरहेको बताए । सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन पनि देउवा तयार देखिएनन ।बरू देउवाको जोड संसदको गतिरोध हटाउनेतर्फ थियो । ‘लोकतन्त्रमा सत्ता र प्रतिपक्षीको सहकार्य अनिवार्य हुन्छ,’ देउवाले ओलीलाई भने, ‘त्यसैले संसदको गतिरोध हटाउनुपर्यो । अन्य मुद्दामा हामी मिलेर जान सक्छौं ।’एमालेले सभामुखले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने अड्डी लिएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट गएका थिए । भेटघाट सौहार्दपुर्ण रहेको स्रोतको दाबी छ । भेटघाटअघि देउवाले सत्ता गठबन्धनको बैठकबाट अनुमति लिएका थिए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क