काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट उनीहरूको नामावली टुंगो लगाएको हो ।
यही मंसिर ४ गते भएको निर्वाचनबाट एमाले प्रतिनिधिसभामा दोसो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।
नामावली पढ्नोस्–
- आदिवासी जनजाति पुरुष देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई
- आदिवासी जनजाति महिला नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
- खसआर्य पुरुष रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
- खसआर्य महिला मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल
- थारु महिला आस्माकुमारी चौधरी' शान्ति चौधरी
- दलित ईश्वरबहादुर रिजाल , प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुकमणि राना बराली, हर्कमाया विश्वकर्मा
- मधेसी गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विनादेवी, अमृतादेव अग्रहरी, प्रतीक्षा तिवारी
- मुस्लिम सराज अहमद फारुकी