इन्फो नेपाल — सञ्चारको सञ्जाल

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

काठमाडौं: कलाकार तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार भएको बताएको छन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । त्यहि क्रममा कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच प्रेम सम्बन्ध हो ? भनेर प्रश्न सोधेका थिए । आमेशलाई समिक्षासँग तपाईको साच्चै प्रेम सम्बन्ध छ त ? भनेर सोधिएको प्रश्नमा आमेशले अहिले प्रेम सम्बन्ध नभएको बताएका छन् । ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले त्यस्तो ठान्नु भएकाे हाेला तर, अहिले हामी प्रेममा त छैनौउ पछि के हुन्छ थाहा छैन’ भन्दै आमेशले जवाफ दिए । आमेशलाई समिक्षको लागि के भन्ननुहुन्छ भनेर कार्यक्रमका सञ्जालका प्रकाश सुवेदीले भन्दा आमेशले ‘तिमी रोएको पल तिमीलाई हँसाउन नसकुला तर तिमीसँगै म राेइिदनसक्छु’ बोलको गीत गाएका छन् । त्यसपछि फेरी प्रकाशले आमेशलाई यदि समिक्षाको बुबा आमा केटा माग्दै आउनुभयो भने के तपाई विवाह गर्न तयार हुनुहुन्छ ? भन्दै प्रश्न साेधे । यो प्रश्नको जवाफ दिँदै आमेशले भने,’त्यस्तो भयो भने म त एकदम लक्की हुन्छ, म विवाह गर्छु, मेरो उमेर पनि भयो’ । सुवेदीले आमेशलाई समिक्षा र तपाईबीच एक एक घण्टामा फोनमा कुरा हुन्छ रे नी त भन्दै अर्को प्रश्न गरे । आमेशले पहिला त धेरै कुरा नहुने बताएपनि पछि हासेर हामी अहिले पनि कुरा गर्छौ भन्दै जवाफ दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क