इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारको कुलमानप्रति ‘किचकिच’ राम्रो संकेत होइन : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले देखाएको असन्तुष्टि र हस्तक्षेपप्रति आपत्ति जनाएका छन्।

शनिबार सिन्धुलीको बेलघारीमा आयोजित नेपाली कांग्रेस क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले सरकारले घिसिङमाथि अनावश्यक दबाब सिर्जना गरिरहेको आरोप लगाए। उनले ऊर्जा मन्त्रालयले प्राधिकरणको नेतृत्वबारे अनिश्चितता देखाउँदै अनावश्यक विवाद सिर्जना गरिरहेको बताए।

"ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ। मलाई बुझ्न गाह्रो भइरहेको छ— यो बदनियत हो कि व्यवस्थापनको कमजोरी? तीन–चार महिनामा सेवा निवृत्त हुने व्यक्तिलाई किन अनावश्यक रूपमा विवादमा तानिँदैछ?" थापाले भने, "सरकार एउटा व्यक्तिको पछि लागेको देखिन्छ, यस्ता किचकिचहरू उचित होइनन्।"

थापाले सरकारका मन्त्रीहरूलाई अनावश्यक विवादमा नअल्झन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस्तो प्रवृत्ति रोक्न आग्रह गरे। "नचाहिने काममा कोही मन्त्री लाग्नुहुँदैन। मन्त्रीहरू गलत क्रियाकलापमा लागे भने रोक्ने जिम्मेवारी प्रधानमन्त्रीको हो।"

थापाले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूलाई पनि प्रभावकारी काम गर्न वा कम्तीमा विवादास्पद निर्णयबाट टाढा रहन सुझाव दिए। "५० वटा राम्रो काम गरियो भने एउटा नराम्रो कामले सबैलाई ढाक्छ। त्यसैले राम्रो गर्न नसके पनि कम्तीमा नराम्रो नगर्नुस्," उनले भने।

महामन्त्री थापाको यो टिप्पणीले सरकारले कुलमान घिसिङप्रति लिएको रवैयाबारे कांग्रेसभित्रै असन्तुष्टि बढ्दै गएको सङ्केत गर्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क