इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकबाट लामिछानेले सरकारको प्रवक्ता भएका हुन्। सरकारको प्रवक्ताले मन्त्रिपरिषद्‌का निर्णय तथा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्छन्।  सामान्यतया सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने प्रचलन रहेपनि उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ।  सोमारबा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा ३ उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी तोकिएको छ। उपप्रधानमन्त्रीहरु विष्णु पौडेलले अर्थ, नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।  ४ जना मन्त्रीहरु ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको भने जिम्मेवारी तोकिन बाँकी छ। 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क