इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारबारे निर्णय लिनु अगाडि लामिछानेले भेटे प्रधानमन्त्री

काठमाडौं: सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाइएको छ। काठमाडौं : सरकारबारे निर्णय गर्नुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। चितवन-२ बाट सांसदमा पुन निर्वाचित भएपछि लामिछानेले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्। चितवनबाटै लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको सरकारले हटाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए। ‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो।’ उनले भनेका थिए,‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’ सरकारबारे निर्णय गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बोलाइएको छ। संसदीय दलको नेता चयन र राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको जनाएको छ । सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठकमा संसदीय दलको नेता चयन हुने बताइएको छ। रवि लामिछानेको सांसद पद गुमेपछि उपसभापति डोलप्रसाल अर्याललाई संसदीय दलको नेता बनाइएको थियो। लामिछाने पुन निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क