इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै इटहरीमा युवा संघको राँके जुलुस

सुनसरी / सरकारले अयोग्य लडाकुका नाममा पैसा बाँड्न लागेको भन्दै राष्ट्रिय युवा संघ सुनसरीले राँके जुलुस प्रर्दशन गरेका छन् । हिजो साँझ शनिबार सुनसरी जिल्ला कमिटिले इटहरीको मुख्य चोकमा देश आर्थिक संकटमा जुग्रिरहेका बेला पैसा बाढ्ने सरकारको विरोध गर्दै सरकार विरुद्ध नारा जुलुस गरेका छन् । इटहरी उपमहानगरदेखि मुख्यचौक सम्म प्रर्दशन गर्दै उनीहरुले अयोग्य लडाकुलाई पैसा हैन रोजगार दे, राज्यको ढुकुटि रित्याउन पाइदैन, अराजकता बन्द गर, सुशासन कायम गर, गठबन्धन सरकार मुर्दाबाद लेखेका प्ले कार्ड सहित प्रर्दशन गरेका थिए । विरोध कार्यक्रममा बोल्दै युवा संघ सुनसरी पुर्व जिल्ला अध्यक्ष अरुण गुरुङले अयोग्य लडाकुलाई जीवनयापनका लागि पैसा भन्दा रोजगारको आबश्यकता रहेको भन्दै रोजगारको व्यवस्था गर्नु पर्ने धारणा राखेका थिए । त्यस्तै, हिजो शनिबार साँझ राष्ट्रिय युवा संघ माेरङले विराटचाेक बजारमा मसाल जुलुस निकालेर अयोग्य लडाकुका नाममा राज्यकोषबाट पैसा बाँड्न लागिएको र देशमा जातीय द्वन्द्व ल्याउन सरकार नै लागिपरेको भन्दै विराेध गरेको थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क