इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकारी कार्यालयमा खाजा समय घट्यो

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा समय घटाउन निर्देशन दिएका छन्। आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री ओलीले कर्मचारीहरूको लामो खाजा समयले सेवाग्राहीलाई असर परेको गुनासो आएको उल्लेख गर्दै यो निर्णय गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीको भनाइमा "खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।" उनले केही कार्यालयहरूमा एक घण्टासम्म खाजा समय लिने गरेको पाइएको र अब यसलाई घटाएर दिनको १:३० देखि २:०० बजेसम्म मात्र कायम गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले यो नियम उल्लंघन गरेको पाइएमा नागरिकहरूलाई हेलो सरकार मार्फत उजुरी गर्न आग्रह समेत गरेका छन्। यो कदमले सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क