इन्फो नेपाल — सञ्चारको सञ्जाल

सल्यानमा जिप दुर्घटना हुदाँ मृतकको संख्या ९ पुग्यो

सल्यान — बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परी सख्त घाइते भएका ३५ वर्षीय तीलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । घाइते भएका उनको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो । मंगलबार राति सल्यानको कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै जिप दुर्घटना हुँदा जलबाङका आठ जनाको मृत्यु भएको थियो भने ओली गम्भीर घाइते भएका थिए । ओलीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार मृत्यु भएका सबै विवाहमा गई भोज खाएर फर्किँदै गरेका थिए । दुर्घटनामा परी घटनास्थलमै चालक कपुरकोट गाउँपालिका ६ जलबाङका २१ वर्षीय जीतबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका छोरा ११ वर्षीय बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रीमका ३५ वर्षीय ललित ओली रहेका छन् । सबैको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका कपुरकोट गाउँपालिका ६ कै ३५ वर्षीय तीलक ओली सख्त घाइते भएका थिए । नौ जना सवार बोलेरो जिप रातिको समयमा चालक निदाएका कारण दुर्घटनामा परेको हुनसक्ने प्रनाउ दामोदर केसीले जानकारी दिए । बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । जिप दुर्घटनामा एउटै गाउँका नौ जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको थियो । कपुरकोट गाउँपालिकाले शोक मनाउँदै बिहीबार पालिकाको सबै कार्यालय बन्द गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क