इन्फो नेपाल — सञ्चारको सञ्जाल

सस्तोमा प्याकेज ल्याउने र निःशुल्क राउटर दिने इन्टरनेट सेवाप्रदायकमाथि कारबाही !

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मुख्य सबैजसो इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्ने भएको छ । नियम विपरित बन्डलिङ अफर ल्याएको र स्वीकृत नलिई इन्टरनेट प्याकेज बिक्री गरेको भन्दै सेवाप्रदायकमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।  केही साता अघि बसेको प्राधिकरण बोर्ड बैठकले कारबाही किन नगर्ने भन्दै सुबिसु, वर्ल्डलिङ्क, भायानेट, सीजी, वाईफाई नेपाल, वेबसर्फर, क्लासिक टेक, डिशहोम र म्याक्स नेटलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण पेस गर्न दिइएको १५ दिने समय सीमा भित्र अधिकांश कम्पनीहरूबाट जवाफ प्राप्त भएको प्राधिकरण स्रोतले जनाएको छ । प्राप्त जवाफका आधारमा थप कारबाही प्रक्रिया अगाडि बढ्ने बताइएको छ । सुबिसु केबल नेट प्रालिले नयाँ लोडेड अफर अन्तर्गत तेज फुल अफर, झक्कास, शुभकामना अफर र आईपीटिभी सेवाका प्याकेजहरूको मूल्य बण्डलिङ गरी तय गरेको भनाई प्राधिकरणको छ ।  त्यस्तै कम्पनीमाथि स्वीकृत नगराई महशुल दर लागू गरी अनुमतिपत्रको शर्त विपरितको कार्य गरेको अभियोग समेत छ । त्यस्तै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले प्राधिकरणको निर्देशन विपरित फेस्टिभिटी अफर, स्मार्ट अफर, राउटर अफर लगायत सञ्चालन गरेको देखिन आएको बताइएको छ । वास्तवमा इन्टरनेट सेवाप्रदायकले 'स्पिड वार'का क्रममा प्रतिस्पर्धी कम्पनीको तुलनामा सस्तो मूल्यमा हाइ स्पिड इन्टरनेट दिने भन्दै ग्राहकलाई आफ्नो सेवातर्फ आकर्षित गर्न नियामकको स्वीकृति नलिई इन्टरनेट प्याकेज बिक्री गरेका थिए । स्वीकृति नलिई एउटा कम्पनीले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेसँगै अन्य कम्पनीहरू समेत आफ्ना ग्राहक जोगाउनकै लागि हतारमा सोही प्रकारका प्याकेज ल्याउने प्रतिस्पर्धामा उत्रिएका हुन् । जवाफ चित्त बुझ्दो नभएको खण्डमा निर्देशन पालना नगर्ने सेवाप्रदायकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र स्वीकृति नलिई प्याकेज बिक्री गर्ने कम्पनीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्राधिकरणले जनाएको छ । 

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क