इन्फो नेपाल — सञ्चारको सञ्जाल

सहिद घिमिरेका ८७ वर्षीय पिता आईसीयूमा, उपचार खर्च जुटाउन कठिनाइ

हेटौँडा | मकवानपुरगढी–५ का दोस्रो जनआन्दोलनका सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरे गम्भीर विरामी भई चितवन मेडिकल कलेजको आईसीयूमा छन्। छातीमा पानी जमेर संक्रमण फैलिएकाले तत्काल अपरेशन आवश्यक छ तर आर्थिक अभावले उपचार प्रभावित भएको परिवारले जनाएको छ।

सहिद परिवारले राज्य र नेताहरूबाट बेवास्ता भएको गुनासो गर्दै गणतन्त्रपछि पनि अपेक्षित सम्मान र सहयोग नपाएको बताएका छन्। वासुदेव २०६३ वैशाख ७ गते कलंकीमा शहीद भएका थिए।

हेटौँडामा सहिदको नाममा बनेको सभागृह अधुरै रहँदै अब १३ तले व्यावसायिक भवन बन्ने पक्का भएको छ, जसले सहिदको नामोनिशान मेट्ने चिन्ता परिवारलाई थपिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क