इन्फो नेपाल — सञ्चारको सञ्जाल

सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा

धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा भोलि सोमबार र पापानीको अवसरमा १२ मंसिरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णयअनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान र सम्झनामा मनाइने ४३औँ सहिद दिवसको अवसरमा र किराँत जातिको मुख्य पर्व पापानीको अवसरमा १२ मंसिरमा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले आइतबार सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिएको जनाएको छन्। गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक बिदा दिँदै आएको छ। कात्तिक २०३६ मा छिन्ताङमा तत्कालिन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो । सरकारले १६ जनाकाे हत्या भएकाे ३८ वर्षपछि २८ पुस २०७४ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो । छिन्ताङमा हरेक वर्ष २९ कात्तिकमा सहिद दिवस मनाउँदै आइएको छ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क