इन्फो नेपाल — सञ्चारको सञ्जाल

'सांसदले उहाँबाट सिक्न जरुरी छ'

धरान: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् । १२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृतिको प्रशंसा गरे । सरकारले पैसा देओस्, नदेओस् मतलब नगरी श्रम संस्कृति बसालेको उनले बताए । ‘लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउनुभएको छ । आफैंले स्रोतसाधन जुटाएर त्यति टाढाबाट पानी ल्याउन सफल हुनुभएको छ’ उनले भने, ‘यो सबैले सिक्नुपर्छ, सबै स्थानीय सरकार, प्रदेश र संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।’ सांसदहरुले केही गर्न सक्दैनन्, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ भन्ने गरिएको बालेनले सुनाए । ‘उहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । यो सांसदहरुले सिक्न जरुरी छ’ उनले अघि भने, देशको कुन सांसदलाई मेयर हर्क साम्पाङले गरेको काम अनुकरण गर्न कुन नियमले रोक्छ ?’ इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भनेर मेयर हर्क साम्पाङले देखाएको भन्दै काठमाडौंका मेयर बालेनले अघि भने, ‘विशेषगरी सांसदहरुले उहाँबाट सिक्न जरुरी छ ।’ रुख–बिरुवा जोगाउन धरानका मेयरले गरेको कामबाट देशले सिक्नुपर्ने समेत उनले बताए । ‘बोटबिरुवा जोगाउन, खोलानाला, पहाड जोगाउन सबै पालिकाहरुले धरानबाट सिक्नुपर्छ’ उनले भने । दुई लेनको सडक भएको बेला आफू धरान आएको, अहिले ४/६ लेन समेत बनेको देख्दा खुसी लागेको उनले सुनाए । तर कतिपय कुरामा धरान जस्तो छ, त्यस्तै रहनुपर्ने भन्दै मेयर बालेनले भने, यहाँको संस्कार सधैं जोगिराख्नुपर्छ ।’ उनले आकाश भैरवको मूर्ति धरानका मेयर साम्पाङलाई मायाको चिनोका रुपमा हस्तान्तरण गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क