इन्फो नेपाल — सञ्चारको सञ्जाल

सांसदविरुद्ध ब'ला'त्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीकाे आलटाल

ब'ला'त्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँवरिुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध ब'ला'त्कार आरोपमा जाहेरी दिएकी थिइन । पीडित महिलाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीको ढिलासुस्तीले पीडितमाथि झन पीडा थपेको छ । पीडित महिलाले सांसद बानियाँले आफुलाई ब'ला'त्कार गरेको बिषयमा प्रहरी कार्यालय नेपालगंज बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन । उनले भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’ जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने वहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने हो । तर, अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँच समेत भइसकेकाले मुद्दा दर्ता हुनेमा आशंकान नगर्न पीडितलाई आश्वासन दिएको छ । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने बताए । ब'ला'त्कृत मात्रै होइन, ठूलो रकम लिएको छ : पीडित पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले ब'ला'त्कार मात्रै नभइ २५ लाख रुपैयाँ समेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन । सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन । उनले भनिन्, लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेक समेत दिएका थिए । तर, बैकमा चेक नसटेपछि नगद मागेको थिए ।’ बानियाँले नेपालगंजमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । ‘नेपालगंजको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बध्ये पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर ब'ला'त्कार गरे ।’ उनले भनिन् । बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबा६ संघीय सांसद बनेका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क