इन्फो नेपाल — सञ्चारको सञ्जाल

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन भएको छ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली हरिकलाको उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भएको हो । ८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । अस्पतालका अनुसार उनको अहिले करिब ११ बजेतिर निधन भएको हो । उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो । त्यस्तै आमा बचाउन गएका सांसद भण्डारीसमेत गम्भीर घाइते भएका छन् । उनको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । उनको टाउको, दायाँ पट्टीका भाग र फोक्सोमासमेत असर परेकाले अवस्था जटिल रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क