इन्फो नेपाल — सञ्चारको सञ्जाल

'साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएन'

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर दिएको पत्र सार्वजनिक गरेको छ। महानगरको सहकारी विभागले गत असार ११ गते नै निकितासमेत सञ्चालक रहेको भनिएको उक्त सहकारीबाट उनी यसअघि नै अलग भइसकेको पत्र दिएको पाइएको छ। बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन उजुरी दिएपछि महानगरको सहकारी विभागले बुधबार मात्रै उसको कार्यालयमा छापा हानेको थियो। अनुगमनमा संलग्न एक सदस्यका अनुसार महानगरको टोलीले सहकारी कार्यालयबाट सहकारीको सफ्टवेयर सिस्टम ल्याइसकेको छ। पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी र सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ। साई स्वागत बचत तथा ऋण सहकारी संस्था उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको संस्था हो। महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो। सहकारीका निवर्तमान उपाध्यक्ष उनी हाल त्यहाँबाट अलग रहेको बताइएको थियो। गत असार ११ गतेको मितिमा दिइएको उक्त पत्रमा बिजुली बजारस्थित साई सहकारीबाट निकिताले २०७७ असोज ८ गते नै राजीनामा दिइसकेको उल्लेख गरिएको छ। निकिताले उक्त सहकारीमा आफ्नो कुनै जिम्मेवारी नरहेको पुष्ट्याइँ हुने प्रमाण खोजेपछि महानगरले उनको नाममा एक पत्र दिएको भेटिएको हो। महानगरका अनुसार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट निकिताले २०७७ असोज ८ गते दिएको राजीनामा २०८० असार ९ गते स्वीकृत भएको देखिएको छ। उक्त सहकारी व्यवस्थापक दिल बहादुर बस्नेतबाट २०८० असार १० गते जारी भएको पत्रलाई उद्धृत गर्दै संस्थाको उपाध्यक्ष निकिता पौडेलले २०७७ असोज ८ गते राजीनामा पेश गरेको महानगरले जनाएको छ। निकिताको राजीनामा गत असार ९ गते स्वीकृत भएको जानकारी अध्यक्षले संस्थामा दिनुका साथै सञ्चालक समिति तथा साधारण सभाको निर्णय पुस्तिकामा पनि उनको उपस्थिति रहेको नदेखिको महानगरले जनाएको छ। उक्त निर्णयपश्चात उक्त "सहकारीमा उहाँ (निकिता) को कुनै किसिमको संग्लनता नरहेको भनी उल्लेख भएको हुँदा त्यसको व्यहोरा जानकारीका लागि अनुरोध छ", महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले भनेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क