इन्फो नेपाल — सञ्चारको सञ्जाल

साउदीमा दर्दले छटपटाइरहेका युवाको परिचय खुल्यो, तर सहयोग गर्ने कोही छैनन् [भिडियोसहित]

काठमाडौ । केही दिन अघि सामाजिक सञ्जालमा पेटको विरामी भएर दुखाईमा छटपटाईरहेका नेपाली युवाको साउदीबाट भिडियो आएको थियो । उनी जाजरकोटका युवा भएको खुल्न आएको छ । उनी १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ ।अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पुर्याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ । उनी अत्यन्तै कष्टपूर्ण रुपमा बसिरहेका छन् । उनी जाजरकोटका आयुष राना भएको खुलेको छ । उनी साउदी अरबको जेद्धा भन्ने ठाउँमा बत्ति, पानी, एसी केहीपनि नभएको साथीको कोठाको शरणमा छन् । कम्पनीले भनेजस्तो तलब दिएको छैन ।अस्पताल जान कुनै कागज दिएको छैन । अस्पताल भर्ना गर्नपनि कठिन छ । नेपाल पठाउँनपनि कम्पनीले वास्ता गरेको छैन ।पठाउने रोजगार कम्पनीले कुनै वास्ता गरेको छैन । उनलाई साउदी पुर्याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया अहिलेसम्म देखाएको छैन । उनी जाजरकोट भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारीका लागि साउदीको जेद्धा पुगेका उनी थलिएको १८ महिना भयो । पुगेको २ बर्ष मात्र हुँदैछ ।व्यथाले यो हदसम्म पुर्याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन । डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै । साउदीको कानुनअनुसार बिरामी व्यक्तिको उपचारका लागि सरकारी सहयोग माग्नु पर्छ । तर आफैले लिएर जान मिल्दैन । यहि कारण आयुषका साथी ललन सिंहले छटपटाउँदै गरेका साथीको भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।२५ महिना अघि उनीहरु न्यू र्वल्ड ओभर्सिज म्यानपावरबाट साउदी पुगेका हुन । आयुषको भिडियो सामाजिक सञ्जालमा आएपछि ललतिपुरको चाकुपाटीस्थित न्यू र्वल्ड ओभर्सिज म्यानपावरले बल्ल फर्काउन बचन दिएको छ । म्यानपावरका अध्यक्ष तीला काप्रीले प्रयास भइरहेको जवाफ दिएका छन् । १८ महिनासम्म जीवन र मृत्युको दोसाँधमा छाड्ने काप्रीले मानव ता देखाउन् । यही भन्न चाहान्छौ । बाँकी भिडियोबाट हेर्नुहोला ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क