इन्फो नेपाल — सञ्चारको सञ्जाल

साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं | पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरू पूजाअर्चनाका लागि लामो लाइनमा देखिएका छन्।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले साउन महिना र सोमबारलाई शिवजीको विशेष समय मानिने बताए। यस वर्ष कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रमहरू आयोजना गरिएकाले विगत वर्षहरूको तुलनामा बढी भीड हुने अनुमान गरिएको छ।

भक्तजनहरूको सुविधाका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले यो व्यवस्था साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यले गरिएको बताए।

साउन महिनाभर देशभरका शिवालयहरूमा विशेष पूजाआजा हुने गर्दछ, र पशुपतिनाथ मन्दिर यसको केन्द्रबिन्दु बन्ने गरेको छ। यस अवसरमा धार्मिक श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिने गर्दछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क