इन्फो नेपाल — सञ्चारको सञ्जाल

साउन अन्तिम सोमबार: पशुपतिनाथमा दुई लाखभन्दा बढी भक्तजनको दर्शन

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार बिहान ४ बजेदेखि राति ८ बजेसम्म दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

विशेष गरी सुन्दरीजलबाट बोलबम यात्रा गरी आएका भक्तजनका कारण मन्दिर परिसरमा निकै घुइँचो लागेको थियो। दर्शनार्थी र बोलबम यात्रीहरूको सुविधाका लागि कोषले मन्दिरका चारै ढोका बिहानैदेखि खुला गरेको थियो।

साउन महिनामा हिन्दु धर्मावलम्बीहरूले भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ। यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन रहेको छ।

भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवकको संख्या बढाइएको छ। साथै स्वास्थ्य शिविर र खानेपानीको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

काठमाडौं उपत्यकाका अन्य शिवालयहरू जस्तै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वर तथा काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट र म्याग्दीको गलेश्वरमा पनि भक्तजनको भीड लागेको छ।

यसैबीच, दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे। उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गर्दै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्राम र पशुपति क्षेत्रका सम्पदाबारे लिखित पुस्तक उपहार दिएका थिए।

मिस्रीले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउँदै यो पवित्र स्थल नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीक भएको उल्लेख गरे।

भारतीय विदेश सचिव मिस्रीले आफ्नो दुई दिने भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतसँग भेटवार्ता गरेका थिए। उनी आज साँझ स्वदेश फर्किसकेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क