इन्फो नेपाल — सञ्चारको सञ्जाल

सात दिने ‘अल्टिमेटम’ दिँदै सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण

नेपाल एयरलाइन्सको जहाज पठाउन माग गर्दै नेपाल वायु सेवा निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ । कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीको नेतृत्वमा बिहीबार गएको डोल्पालीहरूको टोलीले लिखित पत्रसहित क्षेत्रीय प्रबन्धकको ध्यानाकर्षण गराएको हो । सरकारी जहाज नेपाल एयरलाइन्सले कर्णालीका रुकुम पश्चिम, जुम्ला, मुगुलगायत जिल्लामा नियमित उडान गरे पनि दुर्गम जिल्ला डोल्पामा अहिलेसम्म उडान नगरेर विभेद गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । डोल्पाली नागरिकका लागि भरपर्दो यातायात साधनको रूपमा रहेको नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको सांसद शाहीले बताए । डोल्पासम्म सडक सञ्जालको राम्रो सुविधा नहुँदा बिरामी, विद्यार्थी र आम सर्वसाधारणलाई जिल्ला बाहिर आवत–जावत गर्न ठूलो समस्या झेल्नु परेको शाहीको भनाइ छ । नेपाल एयरलाइन्सले हप्तामा तीन वटा उडान गरे पनि नियमित उडान नहुँदा डोल्पाका नागरिकले निकै सास्ती खेप्नुपरेको उनले बताए । जुफाल विमानस्थलमा उडान गरिरहेका तारा, समिटलगायत निजी एयरलाइन्सले पावर र पहुँचका आधारमा टिकट वितरण गर्ने भएपछि सर्वसाधारणले हवाई टिकटको ठूलो सास्ती खेप्नु परिरहेको उनको गुनासो छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क