इन्फो नेपाल — सञ्चारको सञ्जाल

सामूहिक ब´लात्कारका दोषी ८ वर्षपछि पक्राउ

सुनसरी / सामूहिक ब´लात्कारमा दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका एक जना ८ वर्षपछि केराबारीबाट प्रहरीले पक्राउ गरेको छ । घटना भएको ८ वर्षपछि मोरङको केराबारी गाउँपालिका- ८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बस्नेतसहित तीन जनाले २०७१ साल जेठ ९ गते विद्यालयबाट फर्कदै गरेकी १६ वर्षीया किशोरीलाई मोटरसाइकलमा राखी जङ्गलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परे । दुई जना फरार थिए । फरार रहेकामध्ये बस्नेतलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले पक्राउ गरेर बिहीबार अदालतमा पेश गरेको छ । घटना संलग्न एक जना अझै फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ । सामूहिक बलात्कार घटनामा प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा तीनै जनालाई २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले जनही १३ वर्ष कैद सजाय र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । पक्राउ गरेर प्रहरीले बुझाएपछि बस्नेतलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क