इन्फो नेपाल — सञ्चारको सञ्जाल

साम्पाङले दिए २ जनाविरुद्ध किटानी जाहेरी

विराटनगर |धरान उपमहानगरपालिका प्रमुख (मेयर) हर्क साम्पाङले २ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । नगर प्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज गरेको भन्दै मेयर साम्पाङले २ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । केही दिनदेखि आन्दोलित बनेका बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडितहरूले आइतवार मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरेका थिए । सहकारीबाट ठगीएका पीडितहरूको संघर्ष समितिले नाराबाजी गर्दै उनको कार्यकक्षको झ्याल तोडफोड गरेको थियो । मेयर साम्पाङले ‘मलाई सोधेर रकम राखेको’ भनेर जवाफ फर्काएको भन्दै आक्रोशित समूहले कार्यकक्षमा तोडफोड गरेको थियो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी लिइसकिएको बताए । उनले जाहेरीमा उल्लेख भएका नाम भने खुलाउन चाहेनन् । आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छन् । बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदीप बाँस्तोलाविरुद्ध जाहेरी परेको मेयर निकट स्रोतले जनाएको छ । मेयर साम्पाङले भने आन्दोलनका पछाडि राजनीति जोडिएको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क