इन्फो नेपाल — सञ्चारको सञ्जाल

साल्पासिलिछोको अभियान: घुम्ती शिविरमार्फत सबै सेवा जनताको घरदैलोमा

भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए । गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै सेवा लिन पाउँदा सहज भएको वडा नं ४ खाटम्माका स्थानीयबासी काजी तामाङले बताए । गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ घुम्ती शिविरबाट वडास्तरियसँगै पालिकास्तरिय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी सेवा, पञ्जीकरण अन्तर्गत घटना दर्ता सम्बन्धी सेवा र अभिमुखिकरण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण तथा बैंक सम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए । सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट बृहत एकिकृत घुम्ती शिविरमार्फत जनतालाई सेवा दिइएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । आगामी दिनमासमेत यस्ता शिविरलाई निरन्तरता दिँदै प्रभावकारीढंगले जनताको घरदैलोमा सेवा प्रदान गर्ने योजना रहेको अध्यक्ष कुलुङको भनाइ छ । महिला विकास अन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । शिविरबाट नौ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिईन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क