इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिंहदरबार भित्रै कस्ले चलायो गो’लि ? यस्तो भन्छ प्रहरी...

चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक रा’उण्ड गो ली फा यर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पे’स्तोलबाट एक रा’उण्ड गो’ली फा’यर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पे’स्तो’ल चेकजाँच गर्ने क्रममा उक्त गो ली फा’यर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । यो पनि : बाटोमा खाल्डा देखेपछि आक्रोशित सिडिओले भने- पक्राउ पुर्जी जारी गर्छु मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् ।अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहाले उक्त चेतावनी दिएका हुन् । उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु’, उनले भने, ‘समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।’ केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुलको उनले अनुगमन गरेका थिए । पुलको पिलरमा बातिले असर पुर्‍याएको तथा खाल्डा खुल्डी धेरै परेको सूचना पाउन साथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुगेका थिए ।हुलाकी सडक परियोजनाअन्तर्गत पर्ने उक्त पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई कटान गरेको क्षेत्रबाट नै प्रजिअ दाहालले टेलिफोनमार्फत निर्देशन दिएका थिए । औधोगिक क्षेत्र भएकाले पिलरको काम दिउँसो र माथि ढलानको काम राति गर्नसमेत उनको निर्देशन छ । यस्तै बुधबार ६ लेन सडकको अनुगमन गरेका छन् । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गरेका थिए । उनी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनुगमनमा गएका थिए ।बगरगाछि र दुहबी खन्डामा समस्या देखिएको ६ लेन आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उक्त सडकअन्तर्गत सुनसरीको दुहबीमा भने अहिलेसम्म ठेक्का लागेको छैन । मोरङ खन्डामा वरगाछिदेखि ७५ मिटर सडक बनाउने जिम्मा कन्चन जगा पिए सी जेभरि कन्स्ट्रक्सनले पाएको थियो । ठेक्कामार्फत कन्स्ट्रक्सनले जिम्मा लिएको हो । अधुरो रहेको सडक निर्माणको काम सक्न पटक-पटक ताकेता गरे पनि जिम्मा लिएको कन्स्ट्रक्सने अटेरी गरेको इन्जिनियर दासको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क