इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिंह राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

ज्योतिषको दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? सिंह राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ? सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ, तर जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र चमत्कारी ढङ्गले सफलताहरू पाइनेछ ।यो वर्ष व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । शिक्षा, सजावटी, पर्यटन, जग्गा जमिन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अन्य व्यापार व्यवसाय भने सामान्य नै रहने छ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिनामा बढी लाभ हुनेछ । प्रेम र मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अत: पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । सिंह राशिका जातकहरूले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढ्नसक्छ । सामाजिक र विज्ञान विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । इन्जिनियर र स्वास्थ्य विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न, अत: शिक्षामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ । यो वर्ष सरुवा र बढुवाको योग बनेको छ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट राम्रो सफलता पाइनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । पहिरन, सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । तरल पदार्थ र पर्यटनको क्षेत्रमा गरेको लगानीले भने लाभ नहोला । यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । चोटपटकको भए रहनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, अत: खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । पेट र प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ । शुभ रङ्ग गुलाबी, निलो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ५, र ९ शुभ अङ्क हो । प्रत्येक शनिबार हनुमान चालीसाको पाठ, भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी