इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिए होइन व्यावसायिक घरानाका चिफ फाइनान्स अफिसरले चलाए केन्द्रीय बजेट

काठमाडौं, असार २ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफूले विज्ञका रूपमा सहयोग लिएका व्यक्तिलाई सिए भनेर चिनाएका थिए। तर ती व्यक्ति सिए नभएर अरू कोही भएको खुलेको छ। यही जेठ १४ गते राति बजेटमा राजस्वका दर परिवर्तन गर्न अर्थमन्त्री शर्माले विज्ञका रूपमा अर्थ मन्त्रालयमा लगेका सिए भन्ने व्यक्ति नेपालका एक प्रतिष्ठित व्यावसायिक घरानाका चिफ फाइनान्स अफिसर (सिएफओ) भएको खुलेको हो। अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार अर्थमन्त्री शर्माले सिए भनेर चिनाए पनि ती फाइनान्स हेर्ने व्यक्ति थिए। ती व्यक्तिले मन्त्रालयमा अंग्रेजीभन्दा अर्को कुनै भाषा प्रयोग गरेका थिएनन्। मन्त्रालय स्रोतका अनुसार ती व्यक्तिले विद्युतीय सवारीसाधन र पाम आयलमा लाग्दै आएको करका दर परिवर्तनमा विशेष चासो दिएका थिए। अरू दर्जन करको दर परिवर्तन भने पूर्वनायब सुब्बा रघुनाथ घिमिरेले गरेका थिए। घिमिरे अहिले व्यावसायिक घरानाहरूको भन्सारबाट मालसामान छुटाउने काममा व्यस्त छन्। स्रोतका अनुसार घिमिरेकी पत्नीको नाममा भन्सार एजेन्टको लाइसेन्स छ। नागरिक दैनिकबाट

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क