इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिटिइभिटीले निकाल्यो अत्यन्त जरुरी सूचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ? (सुचना सहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष्द (सिटिइभिटी)ले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । प्राविधिक शिक्षा तथा व्यासायिक तालीम परिषद्‌ अन्तर्गत संचालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स), आङ्गिक शिक्षालय, परिषद्संगको साझेदारी शिक्षालय र निजि स्तरमा संचालित बिभिन्न तहका कार्यक्रमहरुको कोभीड-१९ को कारण बैकल्पिक माध्यमबाट पठन पाठान भएको थियो । त्यो अवधिमा कम्तमि १५% प्रशिक्षण शुल्क छुट दिने निर्णय गरेर सिटिइभिटीले सूचना समेत प्रकाशन गरेको थियो । तर हाल देशका विभिन्न शिक्षण संस्थाहरुले १५% छुट नदिएको भन्दै लिखित गुनासो तथा उजुरी परिषद्‌ कार्यलयमा विद्यार्थीहरु तथा अभिभावकबाट प्राप्त भएको परिषद्ले जनायको छ । सिटिइभिटी अन्तरगतका सातै प्रदेश कार्यलयबाट आफ्नो भौगोलिक क्षेत्रमा परेका शिक्षण संस्थाहरुले बैकल्पिक विधिबाट पठन्‌-पाठन भय अबधिको उक्त शुल्क मिनाह गराउन आवश्यक प्रक्रिया अपनाउन अनुरोध गरेको छ । बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुन लाग्दा पनि पुर्ण रुपमा नतिजा प्रकाशनमा भने ढिलाइ गरेको छ । नतिजा प्रकाशना नहुँदा बिभिन्न थरिका आरोप पनि खेपिरहेको छ । आयुर्वेद, दन्त चिकित्सा, डायग्नोस्टिक रेडियोग्राफी र नेत्र विज्ञान संकायका प्रथम वर्षको परीक्षाको नतिजा पुष एक गते प्रकाशन गरेको थियो । अन्य संकायका नतिजा पनि छिट्टै प्रकाशन हुने जनायक छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क