इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिधाकुरालाई २४ घण्टा भित्र समाचार हटाउन सर्वोच्चको आदेशसंगै डिलिट भयो भिडियो

काठमाडौं। सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी विवादास्पद समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सम्बन्धित समाचार र युट्युबमा रहेको भिडियो पनि तत्काल डिलिट गर्न निर्देशन दिएसंगै अहिले उक्त भिडियो सिधाकुराको फेसबुक र युट्युबबाट डिलेट भैसकेको छ । यसअघि सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीशहरूसमेतको मिलेमतोबारे आरोप लगाउँदै स्टिङ अपरेसनसम्बन्धी समाचार प्रकाशन गरेको थियो । समाचारमा रंगेहात घुस मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश र न्यायाधीशहरूले बैठक गरेको उल्लेख गरिएको थियो । सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम पनि उक्त मुद्दाको अन्तिम निर्णय नभएसम्म नगर्न नगराउन आदेश दिएको छ । सोमबार सिधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई बयान दिन अदालतमा उपस्थित हुन पनि भनिएको छ। कानुन व्यवसायीहरूले समाचारको यथार्थता पुष्टि गर्न संलग्नहरूकै बयान लिनुपर्ने बताएका छन् । उनीहरूको भनाइ छ, समाचारले अदालतप्रतिको जनआस्था घटाएको छ र यसको औचित्य नपुगे अदालतको अवहेलनामा कारबाही चल्नुपर्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क