इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिन्धुलीमा बाबुबाट बलात्कृत बालिकाले बच्चा जन्माइन्

सिन्धुली । महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो । ती बालिका १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । बिस्तारी उनको पेट ठुलो हुँदै गयो । उनलाई पेट पनि धेरै दुख्न पनि थाल्यो । एक दिन उनलाई आमाले नजिकैको मेडिकल पु¥याइन । त्यहाँ उनी सात महिनाको गर्भवती रहेको कुरा खुल्यो । गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन् । गर्भपतन गराएमा आमाको पनि ज्यान ज्याने डाक्टरले भनेपछि ती बालिकाको गर्भपतन गराउन नसकिएको उनकी आमाले बताएकी छन् । बाबुको गर्भ रहेको कुरा बाहिर आएपछि गाउँकै मानिसले प्रहरीलाई खबर गर्दा मादक पदार्थ खाएर आफ्नो बावुले बलात्कार गरेको बालिकाले बताएकी थिईन् । एउटौ कोठामा सुत्ने गर्दा बुबाले रक्सि खाएर आई रातको समय बुबाले उठेर जबरजस्ति करणी गरेको बालिकाले बताइन् । यस घटनापछि बाबुलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बैदेशिक रोजगारीमा रहेका बाबु दुई वर्ष अगाडि घर फर्किएका हुन् । उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ । उनीहरुको एक छोरा र दुइ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क