इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिमसिम युवा क्लबद्वारा भीमापोखरामा ऎतिहासिक माघेसंक्रान्ति मेला-२०७९ आयोजना हुँदै

"संस्कृति संरक्षण र प्रतिभाको खोजीमा निरन्तरको प्रयास, परिष्कृत संस्कार अनि उन्नत क्षमताको खातिर अविराम अभ्यास" भन्ने मुल उद्घोषका साथ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा स्थापित श्री सिमसिम युवा क्लबले यस वर्ष पनि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको साथमा ऎतिहासिक माघेसंक्रान्ति मेला-२०७९ भव्यताका साथ सञ्चालन गर्ने भएको छ । बागलुङ जिल्लाकै इतिहासमा धेरै लामो समयदेखी मेला आयोजना गर्दै आएको उक्त क्लबले यस वर्ष पनि नगद रु. ४०,०००/- पुरस्कार राशिको खुल्ला साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ भने लगभग जिल्लास्तरकै शैलीमा नगद रु. ३०,०००/- पुरस्कार राशीको खुला सामुहिक नृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिहरुले क्रमशः रु.४०,०००, ३०,००० र १०,००० नगद पुरस्कारसंगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने सहभागीहरुले क्रमशः रु. ३०,०००, २०,००० र १०,००० नगद पुरस्कारसंगै प्रमाणपत्र प्राप्त गर्नेछन् । संस्कृतिहरुको संरक्षण गर्दै स्थानीयस्तरमा गुमनाम रहेका होनहार प्रतिभाहरुलाई पहिचान गर्नु नै उक्त ऎतिहासिक माघेसंक्रान्ति मेलाको मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष राजेन्द्र थापाले बताए । उनले प्रतिभा र क्षमता विकासको तयारीमा रहेका र आफैंले आफुलाई चिन्न नसकेका नवीन प्रतिभाहरुलाई प्रस्फुटन गर्नुका साथै स्थापित व्यक्तित्व तथा नमूनाहरुको अनुकरण गर्नु पनि रहेको बताए । उक्त क्लबले मेलामा वर्ष खेलाडी-२०७९ समेत घोषणा गरि पुरष्कृत गर्नेछ । यसका साथसाथै मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रतुतीलाई पनि जोड्नेछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क