इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिसडोलवासीले पत्याएनन् मेयरलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगेका छन् । मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने पुरानै अडान दोहोर्याका छन् । मेयर साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने वचन दिएपनि स्थानीय भने साहको वचनमा सहमत हुन सकेनन् । उपमेयर सुनिता डंगोलसहितको शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क