इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेका तीन बालकको मृत्यु

हेटौँडा | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेका तीन बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार, सोमबार साँझ तीन बालक पानी जमेको दहमा पौडी खेल्ने क्रममा डुबेका थिए। खबर प्राप्त हुनासाथ सिस्नेरी प्रहरी चौकीको टोली स्थानीयबासीको सहयोगमा उद्धार कार्यमा खटिएको थियो।

साँझ साँढे ५ बजे  स्थानीय सुन्दर आचार्यका १५ वर्षीय छोरा सुशान्त आचार्य, ६ बजे काभ्रे नमोबुद्ध नगरपालिका-१० फुलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनी र उनका ११ वर्षीय भाइ प्रभात घोरासैनीलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको थियो ।

तर, पाटन अस्पतालमा उपचारका क्रममा राति ७:५५ बजे चिकित्सकहरूले तीनै जनालाई मृत घोषित गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क