इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुकुम्वासीको नाममा हेटौंडाका अर्वपति सुमार्गीकी आमालाई जग्गा दिदै भूमि आयोग

हेटौंडा । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न बनेको राष्ट्रिय भूमि आयोगले मकवानपुरमा पहुँच र शक्तिका आडमा ठूलाबडालाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । यसरी लालपूर्जा पाउनेमा अर्बपति व्यापारी अजेयराज सुमार्गीकी आमाको नामसमेत परेको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले अर्बपति अजेयराज सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गी पराजुलीलाई हेटौँडा–९ मा एक विगाहा १२ कट्ठा २ धुर जग्गा प्रदान गर्ने तयारी गरेको छ । यस्तै सुमार्गी परिवारका अन्य ४ सदस्यका नाममा समेत १ विगाह १७ कट्ठा जग्गा दर्ता गर्ने तयारी छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र उक्त जग्गामा दाबी विरोध भए उजुरी गर्न सार्वजनिक सूचना जारी गरेको हो । सूचना जारी भएसँगै हेटौडका स्थानीय चकित परेका छन् । २०५१ सालदेखि वन क्षेत्रका रुपमा संरक्षण गरिरहेको जग्गा पहुँचका आडमा सुमार्गी परिवारले दर्ता गर्न लागेको स्थानीयको आरोप छ । सुमार्गी परिवारले दाबी गरेको जग्गा कुखरेनी सामुदायिक वन क्षेत्रभित्र पर्दछ । यो सामुदायिक वनले नदी उकास क्षेत्रको केही भाग ५० वर्षका लागि मानव सेवा आश्रमलाई उपलब्ध गराएको छ । सुमार्गी परिवारका सदस्य प्रदीप पराजुली भने यो जग्गा वषौंदेखि आफुहरुले नै भोगचलन गर्दै आएको दाबी गर्छन्

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क